मेगा बैंकले किसानहरुलाई किसान कार्ड र सुलभ कृषि कर्जा दिने

आजभोलि

काठमाडौं । मेगा बैंक लिमिटेडले किसानहरुलाई हिमशिखर एग्रोसँगको सहकार्यमा आधुनिक प्रविधिमैत्री किसान कार्ड दिने सम्झौता गरेको छ । कार्डसँगै किसानहरुलाई सर्वसुलभ रुपमा कृषि कर्जा उपलब्ध गराउने समझदारी भएको हो । मेगा बैंकको तर्फबाट माइक्रो एण्ड एग्रो फाइनान्सिङ विभागका प्रमुख पुण्यप्रसाद खनिया र हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाशचन्द्र घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

हिमशिखर एग्रोसँगको सम्झौतापश्चात् मेगा बैंकले ग्रामीण क्षेत्रका किसानहरुलाई कृषि उत्पादनमा आवश्यक कृषि सामग्रीहरु तथा बीउबिजनहरु खरिद गर्न मेगा किसान कार्ड र कृषि कर्जा प्रदान गर्ने जनाएको छ । मेगा बैंकको माइक्रो एण्ड एग्रो फाइनान्सिङ्ग विभागका प्रमुख खनियाले पहिलो चरणमा प्रदेश नम्बर १ का किसानहरुलाई किसान कार्डसहितको कृषि कर्जा स्थानीय शाखाहरुमार्फत सहज रुपमा प्रदान गरिने बताए।

प्रदेश नम्बर १ पछि क्रमशः देशभरका अन्य किसानहरुलाई उक्त सेवा दिने उनले बताएका छन् । किसान कार्डमार्फत कृषकहरुले आफूलाई आवश्यक कृषि सामग्रीहरु, बीऊ, मल, किटनाशक औषधी लगायतका सामानहरु तोकिएको स्थान तथा पसलहरुबाट खरिद गर्न सक्ने बताइएको छ ।  मेगा किसान कार्ड मेगा बैंकले कृषकहरुका लागि प्रदान गरेको बैंकिङ बजारको पहिलो आधुनिक प्रविधिमैत्री सेवा भएको र यसले किसानहरुलाई डिजिटल बैंकिङ कारोबार गर्न सहज र सरल हुने बैंकले विश्वास व्यक्त गरेको छ ।

मेगा बैंकले अहिले आर एण्ड डी इनोभेटिभ सोलुसन र कर्मा ग्रुपसँगको सहकार्य गरी कृषकहरुलाई मेगा किसान कार्डसहितको कृषि कर्जा प्रदान गर्दै आएको छ । भविष्यमा कृषि क्षेत्रसँग सम्बन्धित अन्य संघसंस्थाहरुसँग सहकार्य गर्दै आधुनिक प्रविधिमैत्री मेगा किसान कार्ड सेवा देशैभर उपलब्ध गराउने जारी विज्ञप्तिमा उल्लेख छ ।

 

  • ११ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !