साल्ट ट्रेडिङ र खाद्य कम्पनीबाट दिइने २० प्रतिशत छुट अब नपाइने

आजभोलि

काठमाडौं । सरकारी स्वामित्वका साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निषेधाज्ञाको समयमा प्रदान गरेको २० प्रतिशत छुटको व्यवस्था आजबाट हटाएको छ । सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेट घोषणामा साल्ट ट्रेडिङ र खाद्य कम्पनीमार्फत् बिक्री गर्ने ग्यास र खाद्यान्नमा छुटको व्यवस्था गर्ने जनाएको थियो ।

सोही अनुसार साल्ट ट्रेडिङ र खाद्य कम्पनीले जेठ २० गतेबाट ग्यास र खाद्यान्नमा २० प्रतिशत छुटको व्यवस्था गरेको थियो । जसमा चामल, पिठो, दाल, नून, खाने तेल, चिनी र ग्यासको बिक्रीमा छुटको व्यवस्था गरेको थियो । त्यस्तै हाल सरकारले उपत्यकामा निषेधाज्ञा खुकुलो गरेको हुनाले छुटको व्यवस्था हटाएको साल्ट ट्रेडिङ र खाद्य कम्पनीले जनाएको छ ।

सरकारले लागू गरेको छुटको व्यवस्थाले सर्वसाधारणहरूले सुपथ मूल्यमा ग्यास तथा खाद्यान्न उपभोग गर्न पाएका थिए । तर, आजबाट भने सो व्यवस्था हटाएको साल्ट ट्रेडिङका बजार प्रबन्धक प्रज्वल प्रधानले बताए । उनका अनुसार सरकारले २० प्रतिशत छुटको व्यवस्था हटाउन निर्देशन आएसँगै सोही अनुसार आजबाट सम्पूर्ण आउटलेटको २० प्रतिशत छुटको व्यवस्था हटाएको बताए ।

तर, भीडभाड बढेको भन्दै साल्ट ट्रेडिङले बिक्री गर्ने समय अवधि घटाएकोमा आजबाट भने ७ बजेदेखि ११ बजेसम्म बिक्री खुल्ला गरेको उनले जानकारी दिए । साथै, सवारी साधन तथा पास भएको व्यक्ति जुनसुकै समयमा आए पनि बेलुका ६ बजेसम्म सेवा दिने भएको उनको भनाइ छ । साल्ट ट्रेडिङ निषेधाज्ञाको समयमा आफ्नो बिक्री कक्ष र घुम्ती सेवा प्रदान गरेको थियो ।

उक्त बिक्री कक्ष र घुम्ती सेवाबाट निषेधाज्ञादेखि हालसम्ममा ३ करोड बढीको खाद्यान्न बिक्री गरेको उनले बताए । त्यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि आजबाट २० प्रतिशत छुटको व्यवस्था हटाएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् ।

  • ११ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !