माथिल्लो तामाकोसी र सञ्चुरी बैंकको सेयरमा सकारात्मक सन्देश

आजभोलि

काठमाडौं । माथिल्लो तामाकोसी र सेञ्चुरी बैंकको सेयर मूल्यामा सकारात्मक सर्किट देखिएको छ । लगातार बजार बजारमा बजार खुल्ने वित्तिकै यी दुई कम्पनीको सेयरमा ह्वात्तै वृद्धि भएको हो ।

निर्माण सकेर सफल परीक्षण गरेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुने भएपछि तामाकोसी कम्पनीको सेयर मूल्य बढेको हो । गत बिहीबार दिउँसोदेखि नै कम्पनीको सेयर मूल्य लगातार बढेको थियो । जुन आइतबार पनि कायमै रह्यो ।

माथिल्लो तामाकोसीले आगामी साता राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जडान गर्दैछ । कुल ४५६ मेगावाट विद्युत् उत्पादन क्षमता भएको आयोजनाले शुरुमा ६ वटा युनिटमध्ये २ वटा युनिटबाट उत्पादित १५२ मेगावाट प्रसारण लाइनमा जोड्ने छ । आयोजनाले भदौ र असोज महिनासम्ममा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।

कम्पनीको ४३ हजार ४६७ कित्ता सेयर ३ करोड ५४ लाख ८३ हजार ३२५ रुपैयाँमा कारोबार भएको छ । सेञ्चुरी कमर्सियल बैंकको सेयरमा पनि सकारात्मक सर्किट लागेको छ । आइतबार कम्पनीको कुल १२ लाख ९३ हजार २२२ कित्ता सेयर ३७ करोड ८३ लाख ७५ हजार ५०२ रुपैयाँमा कारोबार भएको छ ।

सेञ्चुरी बैंक मर्जरमा जाने हल्लासँगै कम्पनीको सेयर मूल्यमा उछाल आएको हुन सक्ने जानकारहरुको भनाइ छ । पछिल्लो समय नबिल बैंकसँगको मर्जरको हल्लाले बजार तताएको जानकारहरुको टिप्पणी छ । केही समययता नबिल बैंकसँगको मर्जरको हल्ला एनसीसी, सिद्धार्थ, एनबीबीलगाायतका बैंकको सेयर मूल्य पनि बढेको थियो ।

  • १४ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !