काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको अध्यक्षमा दीर्घराज मैनालीले पद बाहाली गरेका छन् । अर्थमन्त्रालयका सह–सचिव मैनालीले सोमबार पद बाहाली गरेका हुन् । अर्थमन्त्रालयको असार १४ गतेको निर्णएय अनुसार मैनालीलाई नेप्सेको सञ्चालक तथा अध्यक्षमा मनोनयन गरिएको हो ।
पद बाहालीका क्रममा मैनालीले धितोपत्रको दोस्रो बजार तथा समग्र पुँजी बजारको उन्नतीका लागि आफू प्रतिबद्ध रहेको बताए । ‘पुँजीबजारमार्फत् मुलुकको आर्थिक विकासमा पुर्याउन सकिने योगदानका सन्दर्भमा नेप्से सञ्चालक समितिका अनुभवी सदस्य तथा व्यवस्थापनबाट आवश्यक सहयोग प्राप्त हुने मैले अपेक्षा गरेको छु,’ उनले भने । लक्ष्मण न्यौपानेको कार्यकाल सकिएपछि अध्यक्षमा मैनालीलाई मनोनयन गरिएको हो ।