नबिल बैंकद्वारा दीगो बैंकिङ स्थापनाको घोषणा

आजभोलि

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘नबिल दिगो बैंकिङ’ स्थापनाको घोषणा गरेको छ । बैंकले भर्चुअल कार्यक्रम गरी सो घोषणा गरेको हो । देशका दूरदराजमा बसेर उद्यमशीलता बढाउन र रोगजारी सिर्जजना यो बैंकिङ स्थापना गरिएको हो ।
संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यसँग पंक्तिबद्ध भएर नबिल दिगो बैंकिङले भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्म गएर सुदृढ नेपालको लागि स्थायी लघु उद्यम सिर्जना गर्न सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंक अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले मानिस, वातावरण, समुदाय, राष्ट्रिय अर्थव्यवस्था र पूरै देशको जीवनमा पार्ने प्रभावको बारेमा सचेत रहन दिगो बैंकिङ विभाग स्थापना गरेको विज्ञप्तिमार्फत बताएका छन् । उनले नाफामा मात्रै केन्द्रित नभई अधिकतम एकीकृत मूल्यमा केन्द्रित रहेको बताउँदै वित्तीय, सामाजिक र आर्थिक मूल्यलाई जोड्न खोजेको बताए।

ग्रामीण नेपाल र वित्तीय पहुँच न्यून भएका वर्गहरूका लागि उद्यमशीलताको विकास र कृषि क्षेत्रको व्यावसायीकरण गर्न बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा नामको दुई वटा योजना समेत ल्याएको छ।  बैंकले सुरुमा छानिएका १७ वटा ग्रामीण शाखामार्फत ग्रामीण नेपालमा दीर्घकालीन प्रभाव पार्न दिगो क्रियाकलापअन्तर्गत केन्द्रित रहने जनाइएको छ ।

बैंकले प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (सिटिईभिटी)सँग सम्झौतापत्रमा पनि हस्ताक्षर गरेको छ। बैंकले सम्झौतापछि देशभरिका सिटिईभिटी पास गरेका र योसँग सम्बन्धित व्यक्तिहरूलाई आफ्ना सेवाहरु दिनुपर्नेछ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र सिटिईभिटीका सदस्य सचिवश्री जीव नारायण काफ्लेले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

  • १७ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !