काठमाडौं । नेपाली सेयर बजारमा आबाट मनकामना स्मार्ट लघुवित्तले प्राथमिक सेयर आइपीओको बिक्री खुल्ला गरिएको छ । यस लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आइपीओ बिक्रीका लागि खुल्ला गरेको हो ।
यसमध्ये ० दशमलब ५ प्रतिशत अर्थात ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र ५प्रतिशतले हुने १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्ट््याइएको छ । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । मनकामनाको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
छिटोमा असार २१ गतेसम्म आइपीओ भर्न सकिनेछ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने असार ३१ गतेसम्म खुला रहने छ । यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । आइपीओलाई इक्रा नेपालले आइआर ‘बीबी’ माइनस अर्थात डबल बी माइनस रेटिङ दिएको छ ।
यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने जनाउँछ । लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा तथा मेरो सेयरमार्फत अनलाइन आवेदन पनि दिन सक्नेछन् ।