सिभिल बैंकका सिइओ पोखरेलद्वारा पदभार ग्रहण

आजभोलि

काठमाडौं । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुनिल कुमार पोखरेलले पदभार ग्रहण गरेका छन् । बैंकको ३ सय ४५ औं बैठकले पोखरेललाई आगामी ४ वर्षको लागि असार १८ गतेबाट लागु हुने गरी सीइओमा नियुक्त गरेको थियो । सोही अनुसार उनले पदभार ग्राहण गरेका हुन् । पोखरेल २०७८ बैशाख १८ गतेदेखि बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए ।

उनी दुई वर्षदेखि यस बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीको भूमिका निर्वाह गर्दै आएका थिए । पोखरेलले स्ट्याण्डर्ड चाटर्ड नेपाल बैंकमा १६ वर्ष, एनआइसी एशीया बैंकमा साढे ५ वर्ष, नविल बैंकमा १ वर्ष र पछिल्लो २ वर्ष सिभिल बैंकमा गरी २४ को वर्षको अनुभव बटुलेका छन् ।

विभिन्न अन्तराष्ट्रिय बैंकहरु (स्ट्याण्डर्ड चाटर्ड बैंक, अफगानिस्तानमा साढे ३ वर्ष, म्यानमारको यूनाईटेड अमारा बैंकमा १ वर्ष र म्यानमारको एजीडी बैंकमा १ वर्ष गरीे कुल तीन दशक लामो बैकिङ अनुभव उनको छ । पोखरेलले डिजिटलाईजेसनको माध्यमबाट कर्मचारीहरुको कार्य क्षमतामा अभिवृद्वि गर्दै कागजरहित बैंकको रुपमा ग्राहकमैत्री विविध नवीन योजनाहरु ल्याउँदै अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

  • २१ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !