नेफ्राराका सेयरधनीहरु कसरी मालमाल हुँदैछन्

आजभोलि

काठमाडौं । नेपाल इन्नफ्रास्ट्रचर बैंक (निफ्रा) का प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले बैंकले तत्कालै नभएर दीर्घकालमा राम्रो प्रतिफल दिने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको अन्तक्रियामा बैकंले छिट्टै प्रतिफल नआएपनि भविष्य राम्रो भएको बताए । “निफ्राले तक्कालै प्रतिफल दिन सक्ने अवस्था छैन ।

तत्काल प्रतिफल दिनको लागि हामीसँग रिजर्भ पर्याप्त हुनुपर्यो जुन हामीसँग छैन,” उनले भने, “बैंकसँग जम्मा दुई अर्बको रिजर्भ छ, अहिले नगद दिने भन्दा त्यसलाई पुँजीकरण गर्ने बाटोमा जानु राम्रो हुन्छ । ” दीर्घकालीन प्रतिफलको लागि बैकमा लगानी गर्नु राम्रो हुने उनले बताए ।

बैंकहरुमा सुरवाती समयमा आपूर्ति कम हुँदा मूल्य बढेको तर मूल्य बढ्दै जाँदा सप्लाई पनि बढेको साथै अहिले बजार पनि घट्दो क्रममा रहेकोले मूल्य घटेको उनले बताए । “निफ्रा सबैभन्दा धेरै सेयर सहित बजारमा आयो । आईपीओ बाँडफाड हुँदा धेरैजसो सेयर होल्ड गर्ने लगानीकर्तामा पुग्यो,” उनले भने, “तर आइपीओ भर्ने १०–१२ लाख लगानीकर्तासँग ब्रोकर खाता नै थिएन, त्यसले गर्दा सेयर छरिएर बजारमा गयो ।

” ब्रोकर खाता भएकासँग सिमिति संख्यामा सेयर भएकाले सुरुका दिनमा कम्पनीको मूल्य बढेर गएको दाबी उनको छ । तर, मूल्य बढ्न लागेपछि बजारभन्दा बाहिर भएको सेयर पनि ब्रोकर खाता खोलेर बिक्री गर्न थालियो, जसले गर्दा बजारमा निफ्राको सेयर आपुर्ति पनि बढेको उनले बताए । अहिले सेयर बजारमा नेप्सेसँगै अरु कम्पनीको मूल्य घटिरहेको अवस्थामा निफ्राको पनि मूल्य घटेको उनले बताए ।

“अहिले नेप्से सँगै अन्य कम्पनीको मूल्य पनि घटिरहेको छ, यस्तो बेलामा निफ्राकै मात्रै मूल्य बढ्ने हुँदैन, सेयर बजारको यात्रा (मूल्य बढ्ने कि घट्ने) माग र आपुर्तिले तय गर्छ,” उनले भने, “हाम्रो बजारमा फन्डामेन्टल हेरेर लगानी गरिँदैन । १५ सय रुपैयाँ मूल्य भएका कम्पनीको मूल्य पनि फन्डामेन्टलले औचित्य पुष्टि गर्दैन । २ सय रुपैयाँ सेयर मूल्य भएका कम्पनीको पनि फन्डामेन्टल हेर्दा त्यति नहुनुपर्ने जस्तो लाग्छ ।

” १५ सय मूल्य भएको कम्पनीको फन्डामेन्टल हेर्दा त्यसको मूल्य ४÷५ सय भन्दा बढी नहुनुपर्ने जस्तो लाग्ने उनले बताए । सेयर बजारमा कम्पनीको फन्डामेन्टल कम्पनीको मूल्यको औचित्य नेपाल र भारतमा पनि पुष्टी नगर्ने उनको तर्क छ । अहिले अधिकांश देशका सेयर बजार ‘अल टाइम हाइ’ छ, जुन कम्पनीको ‘पर्फमेन्स’ले हैन बजारको अन्य कारकले हो,” उनले भने, “ अहिले ब्याजदर कम छ, तरलता पर्याप्त छ, राहत प्याकेज स्वरुप विभिन सहुलियत छन् ।

” बजारमा मनि फ्लो बढी भयो भने सेयर बजार बढ्ने दाबी उनले गरे । पछिल्लो समय मनि फ्लो घट्दै गएको र ब्याजदर पनि बढ्ने संकेत देखिँदा बजार घट्दै गएको उनको भनाइ छ । अहिलेको अवस्थामा निफ्राको चुक्ता पुँजी २० अर्ब हो ।  बैंकले आम्दानी गर्ने स्रोत भनेको २० अर्बको पुँजी ‘इन्जेक्ट’ गरेर आएको रिर्टन, संस्थाहरुलाई प्रदान गरेको सेवा वापतको रिटर्न, २० अर्ब पुँजीको आधारमा २ सय अर्बसम्मको व्यवसाय (निक्षेप कर्जा परिचालन) गर्नसक्ने माइलेजबाट हुने आम्दानी हो ।

बैंकले २ प्रतिशत मार्जिन राखेर वर्षमा २० अर्ब लगानी गर्दा ४० करोड कमाउँछ । यसमा अरु आम्दानी जोडेर हुने कमाइ २० अर्ब होल्ड गर्ने लगानीकर्तामा बाँडिन्छ ।

 

 

  • २२ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !