जिपी कोइराला फाउण्डेशन विचार तथा अनुसन्धान विभाग : निर्देशकमा नेपाल

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना गरिएको जिपी कोइराला फाउण्डेसन विचार तथा अनुसन्धान विभागको पत्रकार जगत नेपाललाई निर्देशकमा नियुक्त गरिएको छ । नेपाललाई उक्त पदमा दुई वर्षका लागि नियुक्त गरिएको जिपी कोइराला फाउण्डेसनले जनाएको हो ।

फाउण्डेशनको अध्यक्ष एवं पूर्व उप–प्रधानमन्त्री सुजाता कोइरालाले नेपाललाई प्रजातान्त्रिक आन्दोलन र गिरिजाबाबुको योगदानका विषयमा अध्ययन अनुसन्धानका लागि पत्रकार नेपाललाई सो विभागको जिम्मेवारी प्रदान गरिएको जानकरी दिएकी हुन् । पत्रकार नेपालले गिरिजाबाबुको नेतृत्वमा भएको जहाज अपहरणलाई समेटेर ‘हाइज्याकिङ फर डेमोक्रेसी’ र ‘राजद्रोही राजनेता’ वृत्तचित्र निर्माण गरिसकेका गरेका छन् ।

यसैगरी नेपालको राजनीतिलाई मिहिन ढंगले समेटिएका उनका चार पुस्तक पनि प्रकाशित भइसकेका छन् । नेपालले स्व. कोइरालाको लाइभ अन्तवार्ता लिनुका साथै उनको जीवनीलाई समेटिएको पुस्तक पनि ‘आफ्नै कुरा’ प्रकाशनमा ल्याइसकेका छन् । वि.सं. २०५४ देखि नेपाली पत्रकारितामा सक्रिय रहेका नेपाल रत्नराज्य लक्ष्मी क्याम्पसका उपप्राध्यापकसमेत छन् ।

जिपी कोइराला फाउण्डेशनले पछिल्लो समय मुलुकको शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दैआएको छ । फाउण्डेशनले नेपालबाहेक विभिन्न देशमा आफ्नो शाखा विस्तार गरी सामाजिक काम गर्दै आएको समेत जनाइएको छ । रासस

  • २२ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !