युनियन लाइफको प्राथमिक सेयर आइपिओ बिक्री खुल्ला

आजभोलि

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि असार २४ गतेबाट प्राथमिक शेयर (आईपीओ) निष्काशन खुल्ला गरेको छ । कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयरका लागि बिक्री खुल्ला गरेको हो ।
जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता सेयर कर्मचारीका लागि र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई छुट्ट्याएको छ ।

५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्री खुल्ला गरेको हो । कम्पनीको आईपीओमा छिटोमा असार २८ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपेरमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा माथि १० अंकको गुणाङ्क संख्यामा अधिकतम ३२ हजार २५० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

 

  • २४ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !