एमालेको एकता अझै संकाको घेरामा

आजभोलि

काठमाडौं । नदीका दुई किनाराझै देखिएका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको आश्चर्यजनक ढंगबाट मिलन हुने भएको छ । यद्यपी उनीहरु मिल्नेमा आशंका गरिएको छ । नेकपा एमालेको एकताका लागि क्रियाशील कार्यदलले सहमति नजिक पुगेको बताएको छ । एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षका नेताहरु रहेको कार्यदलले शुक्रबार झण्डै ७ घण्टा अर्थ मन्त्रालयमा छलफल गरेको थियो ।

कार्यदलका सदस्यहरुका अनुसार २०७५, जेठ २ मा फर्किने र सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे दुबै पक्ष सहमति नजिक पुगेका बताइन्छ । दुबै पक्षले थप छलफल गरेर आउने भनेकाले विषय खुलाउन नमिल्ने नेताहरुले बताएका छन् । कार्यदलका एक सदस्य भन्छन्– हिजोभन्दा एक कदम अगाडि बढेका छौं । नेपाल समूह कमजोर भएकाले पनि सहमति नजिक पुगेको बताइन्छ ।

विश्वस्त स्रोतका अनुसार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँन हस्ताक्षेर गर्नेमध्ये ७–८ जना मात्र निवर्तमान सांसदहरु नेपाल समूहसँग रहेका छन् । कार्यदलको बैठक सोमबारदेखि निरन्तर बसिरहेको छ । नेताहरूले हरेक दिन सहमतिको नजिक पुगेको र एमाले एकता हुने दाबी गर्दै आएका छन् । तर कार्यदलका सदस्य घनश्याम भुसालले भनेका छन्– हामीले करीब दश दिन अगाडिदेखि खास प्रगति गरेका छैनौँ ।

धेरै लामो अनौपचारिक छलफलपछि हामीले दश दिनअगाडि केही एजेन्डा तय गरेका थियौँ । विभिन्न कारणले गएको दश दिनदेखि कुनै खास, ठोस र मूर्त योगदान गर्न सकेका छैनौँ । कार्यदलका अर्का सदस्य सुवाष नेम्वाङले भनेका छन्– निष्कर्ष नसुनाउँदासम्म ठ्याक्कै स्थिति त्यही (जहीँको तहीँ) हो । तीन वर्ष अगाडि देखिको स्थितिलाई ९–१० दिनमा अहिलेको स्थितिमा पु-याएछौँ भने पनि धेरै ठूलो काम गरेका रहेछौँ । भोलि बस्ने बैठकले टुंगोमा पु-याउँछ भन्नेमा हामी विश्वस्त छौँ ।

कार्यदलका सदस्य प्रदीप ज्ञवालीले भने पार्टी एकतालाई सुदृढ गर्ने सन्दर्भमा आफूहरु लगभग सहमतिमा पुगेको दावी गरेका छन् । सहमतिको दस्ताबेजलाई अन्तिम रुप दिन केही भाषिक परिमार्जन लगायतका विषयमा भोलि एकछिन छलफल गर्नुपर्ने बाँकी रहेको भन्दै उनले भने– अहिलेका जति पनि प्रश्नहरु छन्, त्यसलाई सहमतिको विन्दुमा ल्याइ पु-याएका छौं । भोलि अपरान्ह बस्ने बैठकले सहमतिलाइृ अन्तिम रुप दिएपछि मात्र सार्वजनिक गर्ने कार्यदल सदस्य प्रदीप ज्ञवालीले बताएका छन् ।

उनले अगाडी भने– नेताहरुसँग आवश्यक परामर्श नियमित रुपमा भइरहन्छ । तर भोलि हामी यसलाई फाइनल गर्छौं । कार्यदललाई नै यो समस्या समाधानका लागि सहमतिको प्रस्ताव तयार पार्न टीओआर पाएका छौं । हामी त्यही आधारमा नै टुंग्याउछौं । तर विवाद समाधानका लागि लामो समयदेखि एमाले कार्यदलस्तरीय बैठक र संवाद भए पनि वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदले अदालतमा बुझाएको हस्ताक्षर फिर्ताको विषय हाबी हुँदा पार्टी एकताका लागि भएका प्रयास निष्कर्षविहीन बनेका छन् ।

केही दिनअघि एमाले अध्यक्ष ओली र नेपालबीच भएको भेटमा पनि यही विषय उठाइएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि हाम्रा २३ जना सांसदले गरेको हस्ताक्षर फिर्ता गर्ने विषयलाई केन्द्रमा राखेर छलफल अगाडी बढाउँन खोजिएकाले प्रगति हुन नसकेको हो माधवकुमार नेपाल पक्षमा एक सदस्यले भने । जसले अदालतबाट आउनै लागेको फैसलालाई प्रभावित पार्न सक्दछ ।

’ ती नेताका अनुसार ओली पक्षले पछिल्लो समय यही विषयलाई मात्रै केन्द्रमा राखेर छलफललाई घुमाइरहेको छ उनले भनेका छन् । अनौपचारिक छलफलमा सम्पूर्ण पार्टी संगठनलाई २ जेठ ०७५ मा लैजाने र राजनीतिक र सांगठनिक पावर सेयरिङलगायत अधिकतम् विषयमा सहमति जुट्दै आएको छ ।

  • २६ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !