लक्ष्मी बैंकको नयाँ शाखा बुढानिलकण्ठको गणेश चोकमा, देशभर शाखा संख्या १३० पुग्यो

आजभोलि

काठमाडौं। लक्ष्मी बैंकले बुढानिलकण्ठमा नयाँ शाखा बिस्तार गरेको छ । बुढानिलकण्ठस्थित नयाँ शाखासँगै लक्ष्मी बैंकका देशभर शाखा संख्या १३० पुगेको छ। बुढानिलकण्ठको वडा न. ६ स्थितगणेश चोकमा बैंकको नयाँ शाखाबाट कारोबार सुरु भएको हो ।

यो शाखामार्फत सम्पूर्ण रिटेल बैकिंगका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको बैंकले जनाएको छ । बैंकका अनुसार ४८ जिल्लामा १ सय ३० शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १ सय ५९ एटिएम, २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६१ शाखारहित बैंकिङ्ग एजेन्ट पुगेको छ ।

बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सेवा विस्तार गर्दै लगेको जनाएको छ ।

  • २७ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !