एमालेमा १० बुँदे सहमतिप्रति : बरिष्ठ नेता माधव नेपालद्वारा असन्तुष्टि प्रकट

आजभोलि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको आन्तरिक विवाद समाधान कार्यदलले पार्टी एकताको लागि १० बुँदे सहमित गरेको छ । सिंहदरबारमा बसेको बैठकले १४ घण्टा लामो छलफल र बहसपछि पार्टी एकताको लागि सहमति गरेको हो । सो बैठक सकिएपछि एमाले उपाध्यक्ष भीम रावलले १० बुदे सहमति भएको जानकारी पत्रकार समक्ष गराएका थिए ।

सो जानकारी गराउने क्रममा रावलले ऐतिहासिक निर्णय भएको बताएका थिए ।  त्यसपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले १० बुँदे सहमति पत्र वाचन गरेका थिए । ज्ञवालीका अनुसार पार्टीभित्रको विवाद आन्तरिक विधि र पद्धती अनुसार हल गरिने छ । बैठकले २०७५ जेठ २ गतेको कमिटीमा फर्कने र नेकपा हुँदा एमालेका नेता जुन कमिटीमा थिए त्यसैमा कायम रहने लगायतका सहमति गरेको छ ।

पार्टीको अन्तर्विरोध पार्टीभित्रै हल गर्ने विषयमा पनि सहमति भएको प्रवक्ता ज्ञवालीले बताए, उनले सबै जनवर्गीय संगठनहरु अब २०७५ जेठ २ गतेअघिकै अवस्थामा फर्कने जानकारी दिए । तर, एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भने असहमति जनाएका छन् । अदालतलाई प्रभाव पार्ने गरी सहमतिको प्रचार गरिएको भन्दै नेपालले त्यसमा असहमति जनाएका हुन् ।

नेपालले सर्वोच्च अदालतलाई प्रभाव पार्नेगरी सहमति नहुने बताएका छन् । एकताको प्रयास भइरहेका बेला वरिष्ठ नेता नेपालले हस्ताक्षर फिर्ता नगर्ने आफ्नो बटमलाइन रहेको बताएका छन् । ‘अदालतलाई प्रभावित बनाउने गरी कुनै सहमति हुँदैन । हस्ताक्षर फिर्ता हुन सक्दैन । यो मेरो बटमलाइन हो’, नेता नेपालले भने । कार्यदलका सदस्यहरुले बिहान नेता नेपालसँग छलफल गरेका थिए ।मा प्रति

  • २८ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !