प्रधानमन्त्री ओलीद्वारा देशवासीका नाममा सम्वोधन

आजभोलि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै छन् । उनले प्रधानमन्त्री निवास बालुवाटार छाड्नुअघि देशबासीको नाममा सम्बोधन गर्न लागेका हुन् । बालुवाटार स्रोतका अनुसार आज दिउँसो २ बजे ओलीले सम्बोधन भएका छन् ।

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको समय अगाडि नै ओलीले प्रधानमन्त्रीको हैसियतमा देशवासीका नाममा अन्तिम सम्बोधन गर्ने भएका हुन्।

आजै दिउँसो १ बजे बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटी बैठक बसेलगत्तै ओलीले सम्बोधन गर्ने भएका छन् । सर्वोच्च अदालतले राष्ट्रपतिलाई आज ५ बजेसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने समय तोकिदिएको छ । सोही अनुरुप राष्ट्रपति कार्यालयले आजै अपरान्ह ५ बजे देउवालाई प्रधानमन्त्रीको सपथ खुवाउने तयारी गरेको छ ।

 

  • २९ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !