शेरबहादुर देउवाले आज ५ बजे प्रधानमन्त्रीको सपथग्रहण गर्दै

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज बेलुका ५ बजे प्रधानमन्त्रीको सपथग्रहण गर्दैछन् । देउवा आज पाँचौ पटक प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनी यसअघि पनि पटक–पटक गरी चार पटक प्रधानमन्त्री भैसकेका छन् । देउवा पहिलो पटक २०५२ साल भदौ २७ गते प्रधानमन्त्री बनेका थिए । त्यसैगरी २०७४ सालमा देउवाले नै चुनाव गराएका हुन् ।

२०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बनेका थिए । त्यसको पाँच वर्षभित्रै उनी मुलुकको प्रधानमन्त्री बन्न सफल भएका हुन् । २०७४ साल जेठमा चौथो पटक प्रधानमन्त्री भएका देउवाले नै २०७४ सालमा स्थानीय, प्रदेश र संघ गरी तीनै तहका निर्वाचन सम्पन्न गरेका थिए ।

संविधान कार्यान्वयनका लागि तीनवटै निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्न देउवा सफल भएका हुन् । राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए । सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

सर्वोच्चले मंगलबार पाँच बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको थियो ।  देउवा यसअघि चार पटकसम्म प्रधानमन्त्री बनिसकेका छन् । प्रधानमन्त्रीको रुपमा उनको यो पाँचौ इनिङ हो । देउवाले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् । त्यसका लागि देउवा आन्तरिक परामर्शमा व्यस्त रहेको बताइएको छ ।

  • २९ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !