प्रधानमन्त्रीबाट हट्नु परेकोमा ओलीको आक्रोश

आजभोलि

काठमाडौं । कार्यकालको अन्तिम दिन अर्थात २०७८, असार २९ गते देशवासीका नाममा सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसलाबारे प्रश्नहरू तेस्र्याएका छन् । यद्यपि उनले सर्वोच्चले गरेको फैसलालाई आफूले मान्ने बताएका थिए । निवर्तमान प्रधानमन्त्री ओलीले अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गर्दै भने– ‘अदलातको फैसला अनुचित छ । हामी यसको विरुद्धमा छौ ।

संवैधानिक हिसाबले हेर्ने हो भने त्यो उपयुक्त छैन । जे भए पनि अदालतको फैसलालाई मानेर त्यसलाई कार्यान्वयन गरेर हामी अगाडि बढ्छौँ ।’ ओलीले सर्वोच्चको फैसलाले लोकतन्त्रमाथि विश्वास गर्ने सबैलाई चिन्तित तुल्याएको बताएका छन् । उनले सर्वोच्चको फैसलालाई इङ्गित गर्दै राज्यका अङ्गहरूको नियन्त्रण र सन्तुलन गुम्दा त्यसले कहिल्यै पनि लोकतन्त्रलाई राम्रो नगर्ने दाबी गरेका छन् ।

अहिलेको फैसलाले कतिपयमा विजय उन्माद देखिएको भन्दै उनले भनेका छन्– विगतमा पनि यस्ता विजय उन्माद हामीले देखेका हौँ । तर कालान्तरमा ती खुसीहरू र लोकतन्त्र गुम्दाको कुरा बिर्सिएका छैनौँ । जनप्रतिनिधिमूलक संस्थाका गतिविधिलाई अन्त लगिएमा त्यसले भविष्यमा दुष्परिणाम निम्त्याउने पनि भन्न भ्याए । उनले आफूलाई राज्यका अङ्गहरूबीचको सन्तुलन बिग्रिएर लोकतन्त्र नै खतरामा पर्ला कि भन्ने चिन्ता लागेको बताए ।

सर्वोच्च अदातले सांसद्हरूलाई दलीय कारबाही नहुने भनी गरेको निर्णयप्रति पनि ओलीले असन्तुष्टि जनाए । उनले उक्त निर्णयलाई उल्लेख गर्दै भने– त्यसले दलीय प्रणालीलाई चुनौति दिने काम गरेको छ । ओलीले दलले उम्मेद्वार बनाएको र दलकै घोषणापत्रबाट चुनाव लडेर जितेको व्यक्तिले सांसद बनेपछि जो कसैलाई समर्थन गर्ने वा भोट हाल्ने भन्ने कुरा लोकतन्त्रका लागि ठिक नभएको पनि बताए । ओलीले भने– सत्ता र प्रतिपक्ष एउटै दलको व्यक्ति हुन सक्दैन ।

राजनीतिक प्रश्नको फैसला गर्ने कमा मुख्य रूपमा दलको भएको भन्दै ओलीले “अत्यधिक न्यायिक सक्रियता” देखिएको पनि उल्लेख गरेका छन् । उनले आफू जनादेशबाट निर्वाचित भएर आएको र अहिले चाहिँ परमादेशबाट बाहिरिन लागेको भन्दै आक्रोश पोखे । ओलीले भने– आज फेरि जनताको जनादेशले होइन, जनताको आदेश त मेरो पक्षमा थियो, सर्वोच्चको परमादेश शेरबहादुर देउवाको पक्षमा भयो ।

त्यस कारण सर्वोच्चको परमादेशको कारण सरकारको जिम्मेवारीबाट बिदा लिँदै छु । तर, आफूलाई बाहिरिनुपर्दा कुनै पनि चिन्ता नलागेको पनि बताए । आफूले जनहितमा धेरै काम गरेकाले आफूलाई त्यस्तो चिन्ता नभएको दाबी गरे । आफ्नो कार्यकालमा गरिएका कामको फेहरिस्त सुनाएका ओलीले चाँडै सबै नेपालीले खोप पाउने पुनः दोहो-याएका थिए ।

ओलीले बाँकी अवधि संसद् चलोस् र समयमै निर्वाचन होस् भन्ने आफ्नो कामना भए पनि त्यसमा आफूलाई शङ्का लागेको बताए । आफ्नै पार्टीका नेताहरूको भूमिकाको आलोचना गरेका ओलीले विपक्षीलाई सहयोग गर्ने र आफ्नै सरकार ढाल्न खोज्ने प्रवृत्ति देखिएको बताए । त्यो कार्यलाई उनले ’आपराधिक कार्य’ भनेका छन् । यद्यपि उनले पार्टीका कार्यकर्तालाई धैर्य नगुमाउन पनि आग्रह गरेका थिए ।

  • ३० असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !