नेबिसंघबाट नेपाली कांग्रेसको राजनीतिमा उदायका खाँड गृहमन्त्री

आजभोलि

काठमाडौं । नेपाली कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिमा उदाएका खाँण नेविसंघको अध्यक्ष समेत भइसकेका हुन् । त्यसपछि उनी तरूण दलको अध्यक्ष समेत भएका थिए । २०४८ सालको निर्वाचनमा रुपन्देहीबाट निर्वाचित खाँण २०६४ र २०७० मा समेत चुनाव जितेका भएका थिए । उनी अहिले समानुपातिक सांसद हुन् ।

उनी २०६१ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा शिक्षा राज्यमन्त्री भएका थिए ।  २०६६ मा माधव नेपाल नेतृत्वको सरकारमा सिंचाई मन्त्री बनेका खाँण २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रक्षा मन्त्री बनेका थिए । खाँणलाई मंगलबारै राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्रीको सपथ खुवाएकी छन् ।

गत सोमबार सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । अदालतको आदेश अनुसार खाँड देउवा सरकारको गृहमन्त्री बन्न सफल भएका हुन् । पटकपटक चुनाव जित्न सफल खाँड नेपाली कांग्रेसका प्रभावशाली नेताको रुपमा चिनिन्छन् ।

  • ३० असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !