देउवा र नेपालको दोस्ती चर्चाको शिखरमा

आजभोलि

काठमाडौं । अहिले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले हात मिलाएको फोटो पनि चर्चाको शिखरमा पुगेको छ । हिजो मंगलबार राति शीतल निवासमा प्रधानमन्त्रीको सपथ लिएपछि पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधव नेपालले हात मिलाएर बधाई दिएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारी नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई दिन कन्जुस्याइँ गरेर बाहिरिएपछि माधव नेपालले सुरुमै बधाई दिए । त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतले अभिभादनसहित बधाई दिएका थिए ।

तर, प्रधानमन्त्री देउवा र माधव नेपालले हात मिलाएको तस्बिर एमाले ओली पक्षका नेता कार्यकर्तालाई अपाच्य भएको छ । आफ्नै पार्टीको सरकार ढालेर कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाएको भन्दै नेपालको धुवाधार आलोचना भएको छ । उता नेता नेपालले भने त्यसलाई खासै वास्ता गरेका छैनन् ।  उनले बरु संविधान र कानुन मान्दै नमानी हिँड्ने, स्वेच्छाचारी ढंगले अगाडि बढ्ने, पार्टीलाई एकलौटी चलाउने ओली प्रवृत्तिलाई पराजित गरेको अभिव्यक्ति दिएका छन् ।

पाँच महिनाअघिसम्म देउवा र ओलीबीच अत्यन्तै राम्रो सम्बन्ध भएको निकटस्थहरु बताउँछन् । ओलीले चालेका जस्तासुकै कदमको पनि खुलेर टिप्पणी नगरेको भन्ने आरोप देउवाले खेप्दै आएका थिए । तर, जब माधवकुमार नेपाल बुढानिलकण्ठस्थित निवासमै पुगेर देउवालाई प्रधानमन्त्री बनिदिन र ओलीको प्रतिगमनविरुद्ध आन्दोलनको नेतृत्व गरिदिन प्रस्ताव गरे, तबदेखि देउवा र नेपालबीच सम्बन्ध प्रगाढ हुँदै गएको हो ।

नेपालकै विशेष आग्रहमा देउवा ओली प्रवृत्तिविरुद्ध कानुनी लडाइँ र सडक आन्दोलनमा लाग्ने राजी भएका थिए । देउवा प्रधानमन्त्री बने पनि विश्वासको मत नलिएसम्म सरकारको आयु एकिन छैन । तर, पनि पछिल्लो समय देउवा र नेपालबीचको सम्बन्धले देउवा विश्वासको मत लिन सफल हुने आँकलन गर्न थालिएको छ ।

  • ३० असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !