लक्ष्मी बैंक र माउण्ड रसुवा हाइड्रोपावरबीच कर्जा सम्झौता

आजभोलि

काठमाडौं । लक्ष्मी बैंक र माउण्ड रसुवा हाइड्रोपावरबीच कर्जा सुविधा सम्बन्धी सम्झौता भएको छ । गत असार ३० गते बैंक र कम्पनीबीच कर्जा सम्झौता भएको हो । बैकले आयोजना लागतको ७० प्रतिशत रकम दिने सम्झौतापत्रमा उल्लेख छ । बाँकी ३० प्रतिशत कम्पनीको स्व.लगानी इक्विटी रहनेछ । कम्पनीले लमजुङको कव्होलासोथार र मस्र्याङदी गाँउपालिकाहरुमा अवस्थित मिदिम खोलामा १३.४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत आयोजना निर्माण गर्ने छ ।

उक्त आयोजनाको निर्माण लागत २ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ छ । कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्बन्धी २०७५ साल माघ ७ गते सम्झौता भएको हो । उक्त आयोजना निर्माणको लागि ऊर्जा मन्त्रालयबाट २०७७ साल कार्तिक ३ गते विद्युत उत्पादन अनुमति प्राप्त गरिसकेको छ । सो कम्पनीका अध्यक्ष राजेन्द्रराज आचार्य हुन् । कम्पनीलाई रसुवा कन्स्ट्रकशनलगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेका छन् । माउण्ट रसुवा हाइड्रोपावरले उत्पादन क्षमता १३.४२४ मेगावाट रहेको झण्डै ८३.१७ गेगावाट आवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ ।

  • ३१ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !