एमाले स्थायी कमिटी बैठक च्यासलमा बस्दै

आजभोलि

काठमाडौं । सत्ताबाट बहिरगमित भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक आज स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बस्दै छ । बैठकमा भाग लिन एमालेका स्थायी कमिटी सदस्यहरू च्यासल पुगेका हुन् ।

एमाले संसदीय दलका नेता ओलीले आज संसदीय दलको बैठक डाकेका छन् । बैठकमा माधव नेपालपक्षीय २३ सांसदलाई पनि निम्तो गरिएको छ ।  आजको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने २३ सांसदलाई कारबाहीका सम्बन्धमा समेत एकिन हुने आँकलन छ ।

यस बैठकमा माधव नेपाल भने सहभागी नहुने बुझिएको छ । उनी पक्षीय नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, घनश्याम भुसालबारे भने स्पष्ट भएको छैन ।  नेपाल पक्षभित्रै देउवाको पक्ष विपक्षमा मतभेद छ । ओलीले नेपाल पक्षका सांसदहरुलाई कारबाही गरेमा एमाले विधिवत् विभाजनमा जान सक्छ ।

सांसदहरुको दल त्यागसम्बन्धी नियमावलीअनुसार सांसद पद नै खारेज गर्नेतर्फ पनि ओली अगाडि बढ्ने देखिन्छ । एमालेका १२१ सांसदमध्ये नेपाल पक्षसँग अहिले २३ जना छन् । तर, नेपालले संख्या बढाउन सक्ने बुझिएको छ ।

सत्ता संघर्षका क्रममा एमाले विभाजनको नजिक छ । राजनीतिक दलसम्बन्धी विधयेक ल्याएर विभाजन गर्न सहज बनाएर माधव नेपालले २० देखि २५ प्रतिशत सांसद लिएर अगाडि बढ्ने देखिन्छ ।

  • १ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !