एमाले स्थायी कमिटी बैठकमा माधव पक्षका पाँच नेता सहभागी

आजभोलि

काठमाडौं । एमाले स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका पाँच नेता सहभागी भएका छन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकमा ढिलो गरी माधव पक्षका भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, भीम आचार्य र गोकर्ण विष्ट पुगेका हुन् । उनीहरू सबै एमाले विवाद मिलाउन बनेको कार्यदलका सदस्य हुन् ।

कार्यदलले यसअघि सार्वजनिक गरेको सहमतिको मस्यौदाबारे एमाले स्थायी कमिटी बैठकलाई जानकारी गराउने छ । कार्यदलका पाँचजना सदस्यले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्ना अडान दरिलो ढंगले राख्ने बुझिन्छ । कार्यदलमा सहभागी माधव पक्षका एक सदस्यले स्थायी कमिटी बैठकभन्दा पनि अध्यक्ष ओलीसँग छलफल गर्न गएको बताए ।

 

  • १ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !