नेपाली सेयर बजारमा नयाँ लगानीकर्ताको ओइरो

आजभोलि

काठमाडौं । नेपालको सेयर बजारमा नयाँ लगानीकर्ताहरु थपिने क्रम साउने च्याउसरी बढिरहेको छ । बजारमा आएका नयाँ लगानीकर्ताहरुलाई कस्ता कम्पनीमा लगानी गर्ने भन्ने थाहा छैन ।  उनीहरु सेयर खुलेको खबर पाउनासाथ हामफालिहाल्छन् ।

कुन समयमा लगानी गर्ने ? लगानी गर्दा कम्पनीको कुनकुन पक्षमा ध्यान दिने जस्ता आधारभूत पक्षहरुबारेमा जानकारी नहुँदा कतिपय लगानीकर्ताहरुले नोक्सानी व्यहोरिरहेका छन् ।   सेयर खरिद गर्न चाहने लगानकर्ताले सम्बन्धित कम्पनीको विवरणपत्रका साथै प्रबन्धपत्र र नियमावली हेरी उक्त कम्पनीको व्यवसायको प्रकृति, कार्य सम्पादन, आर्थिक विवरण तथा वार्षिक प्रतिवेदन, जोखिमका पक्ष, संस्थापक सञ्चालक सम्बन्धी विवरण, संगठित संस्थाहरुद्वारा समयसमयमा प्रवाह गरिने सूचनाहरू जस्ता कुराहरुको अध्ययन तथा विश्लेषण गरी लगानी गर्नु उपयुक्त हुन्छ ।

दोस्रो बजारमा धितोपत्र किनबेच गर्दा जोखिम, प्रतिफल तथा भविष्यको सम्भावना सम्बन्धी पूर्ण ज्ञान र पूर्ण होशियारी साथ गर्नुपर्दछ ।  यसका साथै, स्टक एक्सचेन्ज मार्फत सार्वजनिक हुने मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना समेत हेरी लगानी सम्बन्धमा निर्णय गर्नु बढी सुरक्षित हुन्छ । लगानीकर्ताले आफूलाई विश्वास लागेको धितोपत्र दलाल वा वित्तीय विशेषज्ञसँग आवश्यक जानकारीहरु लिएर धितापत्रको खरिद बिक्री सम्बन्धी निर्णय गर्नु बढी उपयुक्त हुन्छ ।

कम्पनीको प्रतिसेयर आम्दानीको अवस्था कस्तो छ भन्ने कुराको जानकारी लगानीकर्तालाइ हुनु पर्दछ ।  लगानी गर्दा कम्पनीको पछिल्ला बर्षहरुको प्रतिसेयर आम्दानीको अनुपात हेरी पहिलेका बर्षहरुभन्दा आम्दानी बढेको र बढ्न सक्ने कम्पनी छनौट गर्नु पर्दछ ।

सकेसम्म प्रतिसेयर आम्दानी बढि भएका कम्पनीहरुमा लगानी गरेमा त्यस्तो लगानीले बढि मुनाफा दिन सक्दछ । कम्पनीको छनौट गर्दा सकेसम्म कम पिइ रेसियो रहेका कम्पनीको छनौट गर्नु पर्दछ । नयाँ लगानीकर्ताहरुले १५ भन्दा कम पिइ रेसियो भएका कम्पनीहरुमा लगानी गर्न सकेमा त्यो लगानी बढि सुरक्षित हुन सक्छ ।

  • १ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !