नेपाली कांग्रेसको सदस्यता बिवाद समाधानतिर

आजभोलि

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकमा कांग्रेसको १४ औ महाधिवेशन समयमै सम्पन्न गराउने सम्बन्धमा छलफल भएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकमा पार्टीको निर्वाचन समितिले तयार गरेको निर्देशिकाको विषय, क्रियाशील सदस्यता छानविन समितिले सदस्यताको सम्बन्धमा गरेको प्रगतिको विषय, समायोजन समितिले हालसम्म गरेका निर्णय र तिनका कार्यान्वयनको सम्बन्धमा छलफल गरिएको नेता रमेश लेखकले जनाए ।

उनले भनेका छन्– ‘केन्द्रीय क्रियाशील छानविन समितिमा हामीले अब हाम्रो कामलाई अन्तिम चरणमा पु¥याएका छौँ । हाम्रो काम धेरैजसो सकिएको छ । र, हामीले आज सभापतिजीसँग प्रतिवेदन बुझाउन समय पनि मागिसकेका छौँ । सभापतिजीले, प्रधानमन्त्रीको कार्यव्यस्तताको कारणले भोलि पर्सि जुनदिन उहाँलाई फुर्सद् हुन्छ हामी प्रतिवेन बुझाउछौँ भनेका छौँ ।

र, क्रियाशील सदस्यता सम्बन्धी काम टुंगोमै पुग्ने स्थिति भएको छ । त्योसँगै निर्वाचनसँग सम्बन्धित काम पनि अगाडि बढेको छ । निर्देशिका मस्यौदा भएको छ । आज त्यो निर्देशिका प्रस्तुत भएको छ । त्यो निर्देशिकालाई पनि अब अन्तिम रुप दिनका लागि पार्टीको सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले निर्वाचन समितिका साथीहरुसँग बसेर निर्देशिकालाई अन्तिम रुप दिने भन्ने कुरा पनि भएको छ ।

त्यसैगरी समायोजन समितिको पनि अहिले सम्मका निर्णयहरु र आगामी दिनमा कसरी कार्यान्वयनमा जाने भन्ने विषयमा केन्द्रित भएर छलफल र परामर्श भएको छ ।’ उनले कांग्रेसको क्रियाशील सदस्यताको विषय टुंगिइसकेको बताउनुभयो । विदेशमा समेत गरेर कांग्रेसको क्रियाशील सदस्य ९ लाख हाराहारी भएको उनले बताए ।

  • २ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !