पुँजी बजार सबैको हितमा हुनेगरी नीति निर्माण गर्छौं : अर्थमन्त्री शर्मा

आजभोलि

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजार सबैको हितमा हुने गरी मौद्रिक क्षेत्रका समस्या समाधानका लागि सरकारले पहल गर्ने बताएका छन् । सञ्चारकर्मीसउँगको भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारसँग सबै क्षेत्रको अपेक्षा रहेको त्यसअनुसार बुझेर सबैंका हितमा काम गर्ने बताएका छन् । पुँजी बजार र मुद्रा बजारका समस्याबारे पनि सरकारले केही नीति बनाएर अघि बढ्ने उनले बताए ।

‘सरकारसँग सबै क्षेत्रको अपेक्षा छन् । नयाँ मौद्रिक नीतिमा केहि व्यवस्थाहरु समेटिनुपर्छ भन्ने चाहना छन् । ती सबै कुराको छलफलमा हामी जुटेका छौं,’ अर्थमन्त्री शर्माले भने, ‘पुँजीबजारका पनि आफ्नै समस्या छन् । सर्वसाधारणलाई कसरी उनीहरुको हितमा हुन्छ भन्ने नीति निर्माण गर्नेछौं । यो पनि राजस्वको महत्वपूर्ण क्षेत्र हो ।

’ पुँजीगत लाभकरबाट आर्थिक वर्ष २०७७÷७८ मा १४ अर्ब बढी राजस्व भएकाले पुँजीबजार पनि राजस्वको राम्रो क्षेत्र रहेको उनले बताए । नवगठित सरकार ले आफुले अबको कार्यदिशा कसरी अगाडि बढ्न भनेर विभिन्न निकाय र तहसँग छलफल गरिरहेको पनि अर्थमन्त्री शर्माले बताए ।

‘मन्त्रालयका दैनीक कामहरु भइरहेका छन् । आज मात्रै मैले अर्थमन्त्रालयको सबै महाशाखा प्रमुखहरुसँग छलफल गरेको छु । अबको हाम्रो आर्थिक मार्गचित्र कस्तो हुने भन्नेमा हामी छलफलमा छौं,’ उनले जोड दिए ।

  • २ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !