प्रधानमन्त्रीले आजै विश्वासको मत लिने तयारी गर्दै

आजभोलि

काठमाडौं । दोस्रोपटक पुनस्र्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ । बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको संसद् बैठकको पत्र पढेर सुनाउने कार्यतालिका छ । यसैगरी, मन्त्रिपरिषद्को गठन र मन्त्रीहरूको कार्यविभाजनबारे जानकारी गराइने भएको छ । त्यसैगरी केही सांसहरुको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेका छन् ।

दोस्रोपटक पुनस्र्थापित संसद्को पहिलो बैठक भएकाले अन्य कार्यसूची खासै तय गरिएको छैन । तर, एमाले नेता एवं पूर्वसञ्चारमन्त्री गोकुल बाँसकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने संकेत गरेका छन् । नेता बाँसकोटाले आइतबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो संकेत गरेका हुन् । उनले ट्विटरमा, ‘आजै लिने भएछन् विश्वासको मत ।

हिजोको काँडाघारी प्रबन्ध र कोटेश्वर बैठकको फिडब्याक आउटकम’ लेखेका छन् । संसद् सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने तयारी भएको छ । त्यसबारेमा कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाबीच सहमति भइसकेको छ ।

देउवाले विश्वासको मत लिन सकेनन् भने प्रधानमन्त्री पद स्वतः खारेज हुन्छ र कामचलाउ प्रधानमन्त्रीमा परिणत हुनेछन् । देउवा संविधानमा उल्लेख सरकार गठनका अन्तिम उपधाराबाट प्रधानमन्त्री बनेका हुन् । त्यसैले विश्वासको मत लिन असफल भए उनैले प्रतिनिधिसभा विघटन गरी चुनाव घोषणा गर्न सक्ने संवैधानिक व्यवस्था छ ।

  • ३ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !