प्रभु इन्स्योरेन्सको बोनस शेयर हितग्राही खातामा

आजभोलि

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले १० प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा गरिदिएको छ । इन्स्योरेन्सले गत जेठ ६ गते सम्पन्न भएको २५ औँ वार्षिक साधारण सभाले पारित गरेको बोनस शेयर खातामा जम्मा गरेको हो । सो शेयर नेप्से र सिडिएससीमा सूचीकृत तथा दर्ता भइ अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको इन्स्योरेन्सले जनाएको छ ।

इन्स्योरेन्सले बैशाख २५ गतेसम्म अभौतिक शेयर धारण गरेक शेयरधनीहरुको खातामा सो शेयर जम्मा गरेको हो । हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकीकरण गराई खाताको विवरण उपलब्ध गराउन इन्स्योरेन्सले अनुरोध गरेको छ । इन्स्योरेन्सको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

  • ४ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !