काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । त्यसको लागि प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । इन्स्योरेन्सले साउन २५ गते कर्पोरेट कार्यालय कमलादीमा तेस्रो वार्षिक साधारण सभा डाकेको हो ।
कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने गरी शेयरधनीहरुलाई मिटिङ्गको आईडि र पासकोड उपलब्ध गराउने कम्पनीले जनाएको छ । सभामा कम्पनीले सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।