निषेधाज्ञमा थन्किएर बसेका सार्वजनिक सवारीको बीमा शुल्क छुट

आजभोलि

काठमाडौं । बीमा समितिले निषेधाज्ञामा थन्किएर बसेका सर्वजानिक सवारी साधनहरूको बीमा शुल्कमा छुट दिन निर्जीवन बीमा कम्पनीहरुलाई सुझाव दिएको । समितिले सार्वजनिक यात्रु वाहक सवारी साधनको हकमा थन्किएको अवधि गणना गर्दा निषेधाज्ञा शुरु भएको मितिदेखि लिने नेपाल सरकारबाट लकडाउन हटाएको समयसम्म कायम गर्ने व्यवस्था मिलाउन सुझाव दिएको हो ।

सार्वजनिक सवारी साधनको कुल वार्षिक बीमा शुल्कको एक तिहाई रकम थन्किएको अवस्थाको जोखिमको लागि कट्टा गरी बाँकी दुई तिहाईमा समानुपातिक रकममा छुट दिने व्यवस्था मिलाउन समितिले निर्देशन दिएको छ । कुल बीमा शुल्कको हिसाब गर्दा तेस्रो पक्ष यात्रु, कर्मचारीको बीमा लगायत जोखिम समहुको समेत हिसाब गर्नुपर्नेछ ।

यस्तै सार्वजनिक सवारी साधन बीमाको नविकरण बीमा शुल्कमा समायोजन गर्ने र अन्यत्र बीमकसँग नविकरण हुने अवस्थामा बीमितको पहलमा बीमा कम्पनीले छुट रकमको प्रमाणपत्र दिन सुझाएको छ । तर चालु बीमा अवधीमा दाबी परिसकेको सवारी साधानको हकमा भने थन्किएको अवधीको लागि छुट लागू नहुने समितिद्वारा जारी विज्ञप्तिमार्फत् जनाएको छ ।

 

  • ४ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !