काठमाडौं । एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी भेटवार्ता भएको छ । ओली र राष्ट्रपति भण्डारीबीच दुई घण्टा लामो वार्ता भएको थियो । प्रधानमन्त्रीबाट हटेको दुई साता नबित्दै राष्ट्रपति भण्डारी र ओलीबीच भेटवार्ता भएको हो ।
स्रोतका अनुसार एमाले अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच शुक्रबार बिहान ११ः४० देखि दिउँसो १ः४० सम्म भेटवार्ता भएको हो । राष्ट्रपति कार्यालय शीलतनिवासमा भएको भेटवार्ता के विषयमा केन्द्रित रह्यो भन्ने किएन भएको छैन ।
यसअघि प्रधानमन्त्री रहेका बेला ओली र राष्ट्रपति भण्डारी मिलेर प्रतिनिधि सभा विघटन गर्नेदेखि विभिन्न अध्यादेश ल्याइएको भन्दै मुलुकभरबाट चर्को आलोचना भएको थियो । ओली गत असार २८ को सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्रीबाट हटेका हुन् ।