एनएमबि बैंकले ८.४९% ब्याजमै गाडी ऋण दिने, २४ घण्टमै ऋण स्वीकृति

आजभोलि

काठमाडौं । नयाँ आर्थिक वर्ष लागेसँगै एनएमबि बैंकले गाडी कर्जामा नयाँ स्किम ल्याएको छ । बैंकले ब्याज दर सस्तो र स्थिर भएको ऋण स्किम ल्याएको हो । ऋण कागजपत्र बुझाएको २४ घण्टामै ऋण स्वीकृत हुने छ । बैंकका अनुसार ऋणको ब्याज दर वार्षिक ८.४९ प्रतिशत हुने छ ।

निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने गरी ५ वर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको बैंकको विज्ञप्तिमा उल्लेख छ । विद्युतीय गाडीको हकमा भने एनएमबि बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको छ ।

असारको आधार दर ७.३३ प्रतिशत छ । ग्राहकको आफ्नै गाडी चढने सपनालाई सस्तो ब्याजले सहयोग पु¥याउने बैंकले जनाएको छ । बैंकका देशभर १८१ शाखा छन् । जुनसुकै शाखाबाट पनि ऋण उपलब्ध हुने छ ।

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !