श्वेत गंगाले डाक्यो विशेष साधारण सभा

आजभोलि

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीले साउन २८ गते अकामा होटल, धुम्बाराहीमा सो सभा डाकेको हो । सो सभा अपराह्न १ बजे शुरु हुनेछ । सभाले कम्पनीको शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै आईपीओ निष्काशनबाट प्राप्त हुने कुल रकमको उपयोग सम्बन्धी वित्तीय योजना तथा रणनीतिहरु निर्धारण सम्बन्धी, परियोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको शेयर सम्बन्धी र आईपीओका सम्बन्धमा नियमनकारी निकायको निर्देशन बमोजिमका कार्य गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धी प्रस्तावहरु पारित गर्नेछ।

  • १३ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !