काठमाडौं । नबिल बैंकले ऋणका लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने सेवा संचालनमा ल्याएको छ । इच्छुक ग्राहकले बैंकको वेबसाइटमा गएर क्रणका लागि साना तथा मझौला ऋणका लागि आवेदन दिन सक्ने छन् ।
आवेदन बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो सुबिधा बैंकलार्ई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्यले गरिएको विज्ञप्तिमा छ । ग्राहकले आफुले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । बैंकले आधिकारिक वेबसाइट मार्फत ऋण कर्जाको लागि आवेदन दिने सीमित ग्राहकलाई सेवा शुल्कमा छुटको व्यवस्था गरेको जनाएको छ ।