काठमाडौँ । मन्त्रीपरिषद बिस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । केही बेरमा बस्ने बैठकमा गठबन्धनका नेताहरुको सहभागिता हुने छन् । बैठकमा मन्त्रिपरिषद बैठकबारे आजै अन्तिम निर्णय हुने जनाएको छ ।
मन्त्रिपरिषद बिस्तार गर्ने तयारी रहेको कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् । बुधबार बसेको सत्ता गठबन्धनको बैठकले आज टुंगो लगाउने निर्णय गरेको थियो । मन्त्री छान्ने जिम्मा सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई दिइएको छ ।