काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले आज (साउन १४ गते) देखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन ल्याएको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको हो ।
त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । कम्पनीले निष्काशन गेरको शेयरमा साउन १८ गतेसम्ममा आवेदन दिन सकिने छ ।