काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्ने भएको छ । बैठक आज अपरान्ह ४ बजे सिंहदरबारमा बस्ने भएको छ ।
बैठकमा कोरोना संक्रमणको हालको स्थिति र रोकथामका बारेमा छलफल हुने भएको छ । संक्रमण बढेसँगै आजको बैठकले भने फेरि निषेधाज्ञामा कडा बनाउने देखिएको छ । साना र लामोदूरीका यातायातका साधन सञ्चालन, विश्वविद्यालयको परीक्षा सञ्चालन, खोप लगाउँदा भीडभाडलगायतका कारण संक्रमण बढ्दो छ । त्यसैले स्वास्थ्य मापदण्डमा कडाइ गरिन सक्ने जनाएको छ ।