काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । दोस्रो पटक विघटनपछि सर्वोच्चले पुनर्जीवित गरिदिएको संसद बैठक बिजनेसविहीन बनेको छ ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने सचिवालयले जनाएको छ । शून्य समय र विशेष समयमा सांसदहरुले बोल्ने, संसदीय समिति तथा संवैधानिक निकायका प्रतिवेदन पेश गर्ने र शोक प्रस्ताव पारित गर्नेबाहेक महत्वपूर्ण विषय संसदमा प्रवेश गरेका छैनन् ।
सदनमा पेश भएर अड्किएका कुनै पनि विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउने काम भएको छैन । संसदीय समितिबाट पास भएर आएको कुनै पनि विधेयकलाई छलफलका लागि राष्ट्रियसभामा पनि पठाइएको छैन ।