एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै

आजभोलि

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक दिउँसो ३ बजे ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति भवनमा बस्ने छ ।

आइतबार बसेको स्थायी कमिटी बैठकले देशभरका सबै वडामा आउँदो असोज पहिलो हप्ता वडा र दोस्रो हप्तामा पालिका तहमा अधिवेशन गर्ने निर्णय गरेको थियो ।  वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग एकताका लागि प्रयास भइरहेको अवस्थामा ओलीले कार्यकता होल्ड गर्न तल्ला तहहरुको अधिवेशन तत्कालै गर्ने निर्णय गरेको हो ।

पार्टी विभाजन भएको अवस्थामा जति सक्यो कार्यकर्ता नेपाल पक्षमा जान नदिनका लागि ओलीले आकस्मिक रुपमा वडा र पालिका तहको अधिवेशन गर्ने निर्णय गरेका हुन् ।  यस्तै आइतबारको बैठकले भदौ अन्तिममा पार्टीको विधान महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।

भदौ २७ र २८ गते काठमाडौँमा विधान महाधिवेशन गर्ने निर्णय भएको छ । सोमबारको बैठकमा बाँकी विषयमा छलफल हुने छ ।

  • १८ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !