काठमाडौं । कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्विटी फण्डले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छ ।
कोष व्यवस्थापक कुमारी क्यापिटलको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैठकले योजनाका इकाईधनीहरुलाई ५ प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।