काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले डाकेको केन्द्रीय कमिटीको बैठकप्रति पार्टी अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन् । नेपालले केन्द्रीय कमिटी बैठक आज डाकेका हो ।
सो बैठक बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बस्दैछ । नेपालले पार्टी एकता, सरकारमा सहभागितालगायत विषयमा छलफल गर्न आफ्नो खेमाको केन्द्रीय कमिटी बैठक बोलाएका हुन् । एमाले संस्थापन समूहले भने एमालेका तर्फबाट आज केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको जनाएको छ ।
संविधान, प्रचलित कानुन र पार्टी विधानविपरीत हुने गतिविधिमा नलाग्न पार्टी कार्यकर्ताहरूलाई ओली समूहले अपील गरेको छ । अध्यक्ष ओलीले नेपाल बाहेकलाई मात्रै पार्टीमा स्थान दिन सकिने बताउँदै आएका छन्।