काठमाडौं । साहस उर्जा लिमिटेडले साउन २९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका दरले ३५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीको उक्त आईपीओ आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि लागि निष्काशन गर्न लागेको हो ।
आईपीओ निष्काशन बन्द छिटोमा भदौ ११ गते हुनेछ भने ढिलोमा भदौ २७ गते हुनेछ । आईपीओमा ग्लोबल आईएमई बैंक, सल्लेरी सोलुखुम्बु, नेपाल इन्भेष्टमेन्ट बैंक, लुक्ला, लक्ष्मी बैंक, मुग्ली र नेले शाखा सोलुखुम्बु, माछापुच्छ्रे बैंक, सल्लेरी, सोलुखुम्बु र प्राइम कमर्शियल बैंक, रमिते शाखा, सोलुखुम्बुबाट आवेदन दिन सकिनेछ।
यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।