काठमाडौं । सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि, सरकार सञ्चालन आचार संहिता बनाउने जिम्मेवारी पाएको सत्तारुढ गठबन्धन कार्यदलको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले आज प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी गरेको बताइएको छ । कार्यदलले प्रतिवेदन तयार पारेर बुझाउन नसक्दा मन्त्रिपरिषद् विस्तार रोकिएको छ ।
कार्यदलले प्रतिवेदन बुझाएपछि मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्ने सत्तारुढ दलका नेताहरुले बताएका छन् । प्रधानमन्त्रीमा शेरवहादर देउवा नियुक्त भएको एक महिना पुग्न लाग्दा समेत मन्त्रिपरिषदले समेत पूर्णता पाउन सकेको छैन् ।