टोकियो ओलम्पिक : ७४ पदकसहित चीन शीर्ष स्थानमा कायमै

आजभोलि

काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७४ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो ।

चीनले हालसम्म ३४ स्वर्ण, २४ रजत र १६ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले २९ स्वर्ण, ३५ रजत र २७ कास्य पदक प्राप्त गरेको छ भने जापानले २२ स्वर्ण, १० रजत र १४ कास्य प्राप्त गर्न सफल भएको छ ।

यस्तै अस्ट्रेलिया १७ स्वर्ण, पाँच रजत र १९ कास्य पदकसहित चौंथो स्थानमा छ । रसियन ओलम्पिक कमिटी पदक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । उसले १६ स्वर्ण, २२ रजत र २० कास्य पदक प्राप्त गरेको छ । यसैगरी बेलायत १६ स्वर्ण, १८ रजत र १७ कास्य पदक प्राप्त गर्दै छैटौँ स्थानमा छ ।

जर्मनी ९ स्वर्ण, १० रजत र १६ कास्यसहित सातौँ, फ्रान्स सात स्वर्ण, ११ रजत र नौ कास्यका साथ आठौँँ, इटली सात स्वर्ण, १० रजत र १८ कास्य जित्दै नवौँ तथा नेदरल्याण्डस् सात स्वर्ण, नौ रजत र १० कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेभसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ८८ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

 

  • २२ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !