काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५÷७६ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
साउन २४ गते सम्पन्न इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । बीमा समिति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ ।