काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्। आज बिहान मुख्यमन्त्री निवासमा बसेको नेकपा एमाले संसदीय दलको बैठकले अहिलेको अवस्थामा अविश्वास प्रस्तावको सामना गर्ने या राजीनामा दिने निर्णय गर्ने अधिकार मुख्यमन्त्री पोखरेललाई नै दिएको थियो।
प्रदेश सभाको विशेष अधिवेशन शुरु हुनु अघि मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका हुन्। प्रदेश सभाको विशेष अधिवेशनमा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफलपछि आजै निर्णयार्थ प्रस्तुत हुने भएपछि बैठक अघि नै अल्पमतमा रहेका मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन्।