काम, कर्तव्य र जिम्मेवारीको आधारमा कर्मचारीको मूल्यांकन हुन्छ : गृहमन्त्री खाँण

आजभोलि

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले काम, कर्तव्य र जिम्मेवारीका आधारमा कर्मचारीको मूल्याङ्कन हुने बताएका छन् । खाँणले जिम्मेवारी लिने क्रममा कसैको सिफारिस भयो भने उसको मूल्याङ्कनको नतिजामा माइनस हुँदै जाने पनि स्पष्ट पारेका छन् ।

उनले कुनै चिनजान र भनसुनको आधारमा कसैलाई तलमाथि नगरिने ठोकुवा गरे । सिंहदरबारमा आयोजित नयाँ गृहसचिव टेकनारायण पाण्डेको स्वागत तथा यसअघिका गृहसचिव महेश्वर न्यौपानेको बिदाइ समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले सो प्रतिवद्धता जनाएका हुन् ।

खाँणले जनतालाई सेवा दिने गृह मन्त्रालयमा क्षमता भएका सरकारी अधिकारीले उचित जिम्मेवारी पाउनेमा विश्वास दिलाए । ‘जिम्मेवारी लिने क्रममा सिफारिस भयो भने माइनस नतिजा आउँछ’, मन्त्री खाँणले अगाडि भने, ‘कहिलेकाही नसोचेको जिम्मेवारी पनि थाहै नपाइ आउन सक्छ।

’ उनले सबै मिलेर नागरिकको सुरक्षा गर्नु नै प्रमुख दायित्व भएको बताए। साथै राष्ट्रिय सुरक्षामा भने कुनै सम्झौता नहुने भन्दै मन्त्री खाँणले राज्यले सुम्पिएको जिम्मेवारी पूरा गर्न मातहतका सबै कर्मचारीलाई निर्देशन दिएका थिए ।

क्यालेन्डर हेरेर कार्यकाल बिताउने पुरानो मान्यताले जिम्मेवारी थेग्न नसक्ने हुँदा नयाँ कार्यशैली, पद्धति, प्रक्रिया र जिम्मेवारी बहन गर्न मातहतका कर्मचारीसँग आग्रह समेत गर्न भ्याए ।

मन्त्री खाँणले कोभिड–१९को महामारी कायमै रहेको र तेस्रो लहर आउने सम्भावना त्यत्तिकै रहेकोतर्फ कर्मचारी तथा सुरक्षा अधिकारीको ध्यानाकर्षण गराए ।

उनले त्यस बेला अस्पतालका बेड होइन बरण्डा पनि नपाउने अवस्था आउन सक्छ भन्नेमा चिन्तित रहेको उल्लेख गरे । एक महिनाको अवधिमा मन्त्रालयका धेरै गतिविधिका बारेमा जानकारी प्राप्त भएको पनि उनले स्मरण गरे ।

  • २८ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !