अलैँचीमा डढुवा रोग लागेपछि किसान चिन्तित

आजभोलि

बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा व्यावसायिकरूपमा लगाइएको अलैँचीमा डढुवा रोग लागेपछि किसान चिन्तित छन् । डढुवा रोगका कारण बारीभरिका अलैँचीका बोट सुकेपछि किसान चिन्तित बनेका हुन् ।

धान, मकै, कोदो रोप्न छोडेर नगदे बालीका रूपमा लगाइएको अलैँची खेतीमा समेत मासिने गरी रोग लागेको हो । बोटमा रोग लागेपछि त्यसबाट हुने उत्पादन शून्यमा झर्ने किसानको भनाइ छ ।

जैमिनी–२ र ३ मा गरी अलैँचीका दुई वटा पकेट क्षेत्र बनाइएको थियो । स्थानीय वेद छन्त्यालले दुईवटै क्षेत्रमा रहेको अलैँची सुक्दै गएपछि किसान मर्कामा परेको बताए । केही समयदेखि अलैँची सुक्दै गइरहेको जानकारी दिँदै छन्त्यालले रोगका कारण अलैँचीको बोट सुक्दै गएपछि किसानमा ठूलो चिन्ता छाएको र कतिपय किसानले त अलैँचीको गाँज नै उखेलेर फाल्न थालेको बताए।

यस्तो समस्या गत पुस महिनादेखि सुरु भएको छन्त्यालको भनाइ छ । त्यस क्षेत्रमा करिब पाँच प्रतिशत मात्र अलैँचीको बोट राम्रो रहेको उहाँले बताए । अघिल्लो वर्ष अलैँची बेचेर पकेट क्षेत्रका नागरिकले करिब रु ४५ लाख आम्दानी गर्न सफल भए पनि अहिले भने त्यो नहुने भएपछि किसान चिन्तित बनेका छन् ।

दुुुई वटा पकेट क्षेत्र गरी करिब दुई हजार ४०० रोपनी जग्गामा अलैँची लगाइएको छ । अलैँची पकेट क्षेत्रका अध्यक्ष लोकेन्द्र सापकोटाले रोगको पहिचान नै हुन नसकेका कारण किसान चिन्तित बनेको बताए ।

खासगरी अलैँचीमा लाग्ने रोग, त्यसको निदानको बारेमा किसानलाई सचेत नगराई व्यावसायिकरूपमा अलैँची उत्पादन गर्दा किसानले समस्या झेल्नुपरेको उहाँको बुझाइ रहेको छ । यसबारेमा कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले त्यसबारे रिपोर्ट नआएको बताए । रासस

  • २९ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !