बाँदर धपाउन कृषकलाई यन्त्र वितरण

आजभोलि

भोजपुर । बाँदरको बथान आएर बालीनाली सखाप बनाउन थालेपछि चिन्ता रहेका किसानलाई उपकरण प्रदान गरिएको छ । मकै तथा अन्यबालीको याममा बाँदरले बढी दुःख दिने भएकाले हैरान भएका कृषकलाई डिभिजन बन कार्यालयले धपाउने उपकरण वितरण गरेको हो ।

सो यन्त्रले बन्दुक पड्केझै आवाज दिने हुँदा बाँदर भगाउन सजिलो हुने अनुमान गरिएको छ । यतिबेला बारीमा मकैको याम छ, १०० देखि १५० सम्मको हुलमा आउने बाँदरको समूहले हामीलाई बाली जोगाउन मुस्किल परेको स्थानीय कृषक दिनेश विकले भने ।

“बालीनाली त लगाइन्छ, हुलमा १०० देखि १५० आउने बाँदरले बाली जोगाउन नै मुुस्किल हुन्छ, ठूलोलाई त लखेटनसमेत समस्या हुन्छ । अब चाहिँ यो यन्त्रले केही सहज होला भन्ने आशा छ ।” प्लाष्टिकको पाइपबाट निर्माण गरिएको यन्त्रमा कार्बाइड र पानीको मिश्रण गरी ग्यास उत्पादन गरेपछि ठूलो आवाजमा पड्कने गर्छ ।

कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले भने । “उपकरणबाट ठूलो आवाज आउने भएकाले बाँदरसहित अन्य जीवजन्तु भगाउन सहज हुन्छ । कृषकलाई बाली जोगाउन समस्या भएकाले परीक्षणस्वरूप केही थान उपकरण वितरण गरेका छौँ ।”

बर्षेनी जिल्लामा बाँदर आतङ्कबढ्दै जान थालेकाले खेतीयोग्य जमिनमा समेत बाली लगाउन छाडिएको र जिल्लाका तल्लो भेगका अघिकांशले यसै कारण बसाइँसराइ गरेका छन् । पछिल्लो एक दशकयता बाँदरले बारीमा लगाएको सबै अन्नबाली नष्ट गर्दै आएको कृषकको गुनासो छ । रासस

 

  • २९ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !