नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ५० प्रतिशत बृद्धि

आजभोलि

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक नाफा ५० प्रतिशतले बृद्धि भएको छ । गत शुक्रबार बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार खुद नाफामा बृद्धि देखिएको हो । बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ६५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

अघिल्लो वर्ष बैंकको नाफा २ अर्ब ४२ करोड थियो । ब्याज आम्दानी घटेपनि अन्य सञ्चालना मुनाफा बढ्दा बैंक ५० प्रतिशत नाफा बढाउन सफल भएको हो । बैंकको अघिल्लो वर्ष ५ अर्ब ७७ करोड रहेको ब्याज आम्दानी गतवर्ष घटेर ५ अर्ब ५९ करोडमा झरेको छ ।

१६ अर्ब २५ करोड चुक्ता पूँजी रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ९९ करोड रुपैयाँ गरेको छ । १४ दशमलब ६४ प्रतिशत पूँजीकोष अनुपात रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको असार मसान्तसम्ममा १ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप छ भने कर्जा १ खर्ब ५६ अर्ब रुपैयाँ रहेको छ ।

बैंकको गतवर्षभन्दा बेसरेट तथा स्प्रेडसमेत घटेको छ । बैंकको बेसरेट ५ दशमलब ७४ प्रतिशत छ भने ३ दशमलब ३३ प्रतिशत स्प्रेडमा बैंकले काम गरेको देखिएको छ । प्रति सेयर आम्दानी २२ रुपैयाँ ५७ पैसा रहेको छ ।

  • २९ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !