नेपाल लाइफको खुद नाफा साढे ५३ करोडले बृद्धि

आजभोलि

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५३ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा १ दशमलब ०५ प्रतिशत अर्थात् ५५ लाख ६३ हजार रुपैयाँले खुद नाफा आर्जन गरेको हो ।

अघिल्लो आवमा कम्पनीले ५३ करोड ३ लाख ७९ हजार रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीद्वारा सार्वजनिक गत आवको वित्तीय विवरण अनुसार सो अवधिमा बैंकले ३१ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ खुद बीमा संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १६ दशमलब ९३ प्रतिशत बढी हो ।

अघिल्लो आवमा कम्पनीले २७ अर्ब ३४ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी ७ अर्ब ७७ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३७ दशमलब ५३ प्रतिशत अर्थात् २ अर्ब १२ करोड २१ लाख रुपैयाँ बढी हो ।

यसैगरी, सो अवधिमा कम्पनीले जीवन बीमा कोषको रकम २९ दशमलब २९ प्रतिशतले थप गरेको छ । अघिल्लो आवमा कम्पनीको ८७ अर्ब २ करोड ६० लाख रुपैयाँ जीवन बीमा कोषमा मौज्दात थियो ।

जसमा २५ करोड ४८ लाख ६९ हजार रुपैयाँ थप गरी १ खर्ब १२ अर्ब ५१ करोड २९ लाख रुपैयाँ पुयाएको छ । साथै, गत आवमा कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड ९९ लाख रुपैयाँ, जगेडा कोषमा १ अर्ब १ करोड ६३ लाख रुपैयाँ र महाविपत्ती कोषमा ५८ लाख ८९ करोड रुपैयाँ छ ।

समीक्षा अवधिमा कम्पनीले ८ अर्ब७८ करोड ४ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । भने २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ दावी भुक्तानी बक्यौता रहेको छ ।

 

  • २९ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !