लक्ष्मी बैंकको खुद नाफा डेढ अर्बमाथि

आजभोलि

काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत शुक्रबार सार्वजनिक भएको लक्ष्मी बैंकको वित्तीय विवरण अनुसार बैंकले अघिल्ले वर्षको तुलनामा ९ दशमलब २० प्रतिशतले नाफा बढाएको हो ।

अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ४१ करोड रहेको थियो । लक्ष्मी बैंकको ब्याज आम्दानी भने घटेको छ । कमिसन आम्दानी बढ्दा लक्ष्मी बैंकले नाफालाई केही बढाउन सकेको देखिएको छ । अघिल्लो वर्ष ३ अर्ब ४६ करोड रहेको ब्याज आम्दानी गतवर्ष ३ अर्ब २१ करोडमा झरेको छ ।

कमिसन तथा अन्य संचालन आम्दानी बढ्दा बैंकले गतवर्षको भन्दा नाफामा केही सुधार गरेको छ । १० अर्ब ६९ करोड चुक्ता पूँजी रहेको लक्ष्मी बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब गरेको छ ।

असार मसान्तसम्ममा लक्ष्मी बैंकसँग १ खर्ब १४ अर्ब रहेको छ भने कर्जा १ खर्ब ६ करोड रहेको छ । लक्ष्मी बैंकको पूँजीकोष अनुपात ११ दशमलब ८५ प्रतिशत रहेको छ ।  यस्तै १४ दशमलब ४१ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको छ ।

१ दशमलब २१ प्रतिशत खराब कर्जा अनुपात रहेको लक्ष्मी बैंकको कर्जा निक्षेप अनुपात ७९ दशमलब ६६ प्रतिशत पुगेको छ । ७ दशमलब ०८ प्रतिशत बेसरेट रहेको लक्ष्मी बैंकको स्प्रेडदर ३ दशमलब ४२ प्रतिशत रहेको छ ।

 

  • २९ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !